Gyaan Ghar

Advertisement

टिकटक बन्द गर्ने सरकारको निर्णय, होला त कार्यान्वयन ?

कात्तिक २७, काठमाडौँ । सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका स्वीकृत गरेको चार दिन पछि सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको छ ।

सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित बनाउने भन्दै निर्देशिका ल्याएको सरकारले त्यसको कार्यान्वयन प्रक्रिया सुरु नगरी टिकटक प्रतिबन्ध गरेको हो ।

टिकटक प्रतिबन्धको निर्णयको पक्ष र विपक्ष दुबैथरि मत सार्वजनिक भएका छन् । राजनीतिक दलका कतिपय नेताहरुले टिकटक माथि प्रतिबन्धको विपक्षमा धारणा राखेका छन् ।

उनीहरुले टिकटकलाई मर्यादित बनाउन सरकारले नियम बनाउनुपर्नेमा प्रतिबन्ध लगाउनु उचित नहुने धारणा राखेका छन् । अन्य दलभित्रका नेताहरुको पनि फरक फरक धारणा आएको छ ।

टिकटक बन्द गर्ने सरकारो निर्णयमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि मिश्रित प्रतिक्रिया जनाएका छन् ।

कतिपयले भने टिकटक प्रतिबन्ध लगाउनु अभिव्यक्ति स्वतन्त्रता माथी नै बन्देज लगाउनु भएको भन्दै बिरोध गरेका छन् ।सरकारमा रहेका दलका नेताहरुले नै टिकटक बन्द गर्ने सरकारको निर्णयको बिरोध गरेका छन् ।

यलाइ व्यवस्थित तरिकाले चलाउनुको साटोमा बन्दै गर्ने निर्णय लिनु गलत भएको कतिपयको टिप्पणी रहेको छ । सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको भएपनि कार्यान्वयन हुन भने कठिन नै देखिन्छ ।

नेपालीहरुको बीचमा टिकटक लोकप्रिय छ । तर जथाभावी र मनलाग्दी तरिकाले कन्टेन्ट हालेको र यसले सामाजिक सद्भाव नै बिथोलेको भन्दै सरकारले रोक लगाउन खोजेको हो ।

प्रतिक्रिया दिनुहोस

राजनीति

योग दिवस: काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने

योग दिवस: काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने

काठमाडौँ, १ माघ । काठमाडौँ महानगरपालिकाले आजदेखि राष्ट्रिय सभा गृह परिसरमा प्रवर्द्धनात्मक स्वास्थ्य सेवा सुरु गरेको छ...
तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरु

तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरु

काठमाडौँ, १ माघ । तराइ मधेस केन्द्रित दलहरूले मोर्चा गठन बारेमा प्रारम्भिक छलफल सुरु भएको छ ।   सङ्घी...
साउदीले मरुभूमिमा गरिरहेछ खेती, भारतको मरुभूमिमा फलाइयो आँप

साउदीले मरुभूमिमा गरिरहेछ खेती, भारतको मरुभूमिमा फलाइयो आँप

काठमाडौँ, १ माघ । मानिस र सरकारले प्रयास गरे मरुभूमिलाई हरियाली र बस्न योग्य बनाउन सकिने वैज्ञानिकहरूको विश्वास ...
वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलोमा फालिरा’छ ‘गुलाबी रङ्ग’

वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलोमा फालिरा’छ ‘गुलाबी रङ्ग’

काठमाडौँ, १ माघ । पछिल्लो एक सातादेखि अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोले ठुलो क्षति पुर्‍या...