Gyaan Ghar

Advertisement

सरकारलाइ काँग्रेसको २१ बुँदे सुझाब,भूकम्प पीडितको पुर्नस्थापना जिम्मा प्रदेश र स्थानीय सरकारलाइ दिन आग्रह

कात्तिक २१, काठमाडौँ । नेपाली काँग्रेसले पश्चिम नेपालका भूकम्प पीडितको राहत, उद्धार र पुर्नस्थापनाको कामको नेतृत्व प्रदेश र स्थानीय सरकारलाई दिन संघीय सरकारलाई दिन सुझाब दिएको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी काँग्रेसले संघीय सरकारले अनुगमन र सहजीकरण गर्नुपर्ने धारणा सार्वजनिक गरेको हो । तर राहत, उद्धार र पुर्नस्थापनाको कामको नेतृत्व गर्ने प्रदेश सरकार र स्थानीय सरकारलाई दिन उपयुक्त हुने सुझाव दिएको हो ।

राहत र उद्धार कार्यक्रममा सहयोग गर्न पनि स्वदेश तथा विदेशमा रहेका नेपालीहरु र संघ, संस्थाहरुलाई अपिल गर्न पनि सरकारलाई सचेत पनि गराइएको पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

प्रभावित क्षेत्रमा सुत्केरी, साना बालबालिका, वृद्धवृद्धा र अपांगता भएका नागरिकहरुले झनै जटिल स्थिति सामना गर्नुपरेको तथ्य दृष्टिगत गरी तिनको पहिचान गरेर अस्थायी आवास, खाद्यान्न, लत्ताकपडा, औषधिको अलग र विशेष व्यवस्थापन गर्न पनि काँग्रेसले सरकारलाई आग्रह गरेको छ ।

पार्टी प्रचार विभाग प्रमुख विश्वकर्माले भूकम्पमा घाइते भएकाहरुको सम्पूर्ण उपचार राज्य कोषबाट गर्ने व्यवस्थालाई राज्यको प्राथमिक जिम्मेवारीका रुपमा व्यवस्थित ढंगले सम्पादन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको बताए । राहत वितरणको काम एकद्वार प्रणालीबाट गर्न पनि सरकारलाई काँग्रेसले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उ...
प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र ...
लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्‍यो। उहाँक...
पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतङ्ककारीहरूले नियन्त्रणमा लिएका छ...