Gyaan Ghar

Advertisement

गाजाँमा मारिने प्यालेस्टाइनीकाे सङ्ख्या ७ हजार नाघ्यो, हमास प्रतिनिधि पुगे मस्को

गाजा, १० कार्तिक । हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले बुधवार मात्रै इजरायली हमलामा ५०० जनाको ज्यान गएको जनाएको थियो ।

जसअनुसार इजरायलले हवाई हमला सुरु गरेदेखि हालसम्मको मारिने प्यालेस्टाइनीको सङ्ख्या ७,००० नाघेको छ ।

इजरायली आक्रमणमा ज्यान गुमाउनेको कुल सङ्ख्या ७,०२८ रहेको जनाइएको छ ।

अल जजिराका अनुसार प्यालेस्टिनी अधिकारीहरूलाई उद्धृत गर्दै गाजामा ज्यान गुमाएकामध्ये करिब ३ हजार बालबालिका पनि रहेको बताएको छ ।

एकै समयमा इजरायलमा हमासको आक्रमणमा १४०० भन्दा बढी मानिसहरूले ज्यान गुमाएका थिए, जबकि गाजामा २२० भन्दा बढी मानिसहरू अझै पनि बन्धक रहेका छन्।

उता, अल जजीराका अनुसार हमासको सैन्य शाखा कासिम ब्रिगेडले आफ्नो टेलिग्राम च्यानलमा एक विज्ञप्तिमार्फत इजरायली हमलाका कारण करिब ५० इजरायली बन्धक मारिएको अनुमान गरेको छ। उसका अनुसार इजरायलले दानव शैलीमा गरेको हमलामा परी हमासका बन्धक भएका ५० इजरायलीलाई मारेको उसको जिकिर रहेको छ ।

इजरायली सेनाले दाबी गर्दै आएको छ कि हमासले गाजा पट्टीमा कम्तीमा २२४ मानिसहरूलाई बन्धक बनाएको छ।

यसैबिच, रुसको सरकारी समाचार एजेन्सी आरआईएका अनुसार हमासको प्रतिनिधिमण्डल मस्को भ्रमणमा रहेका छन् । एजेन्सीले प्यालेस्टिनी प्रतिनिधिमण्डलको एक स्रोतलाई उद्धृत गर्दै मस्को भ्रमण गर्नेहरूमा हमासका वरिष्ठ सदस्य अबु मारजुक पनि थिए।

रसियाको इजरायल, इरान, प्यालेस्टिनी प्राधिकरण र हमास लगायत मध्यपूर्वका सबैसँग राम्रो सम्बन्ध रहेको छ।

प्रतिक्रिया दिनुहोस

राजनीति

गोप्य रूपमा किन गइरहेका छन् तेहराइनमा चिनियाँ विमान ?

गोप्य रूपमा किन गइरहेका छन् तेहराइनमा चिनियाँ विमान ?

तेहराइन, ७ असार इजरायल र इरानबिच युद्ध चलिरहेको छ ।   यसैबिच, केही भइरहेको छ, जसले सङ्केत गर्दछ कि सायद रुस...
सरकारले विश्व बैंकवाट २० अर्ब बढी सहयता लिने (मन्त्रिपरिषदकाे निर्णयहरू)

सरकारले विश्व बैंकवाट २० अर्ब बढी सहयता लिने (मन्त्रिपरिषदकाे निर्णयहरू)

  काठमाडौँ, ४ असार । सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणका लागि विश्व बैंकबाट २० अर्ब ७९ कर...
अन्धविश्वासको पराकाष्ठा: महिनावारीका सेतो वस्तु देखाउन नहुने

अन्धविश्वासको पराकाष्ठा: महिनावारीका सेतो वस्तु देखाउन नहुने

खड्क सुनार मुगु, ३ असार  । कर्णालीका मुगु सहित उपल्लो जिल्लाका महिलाहरू महिनावारी, छाउ भएको अवस्थामा महिलालाई द...
इरान हमला पछि नेतान्याहुको छोराको विवाह रोकियो

इरान हमला पछि नेतान्याहुको छोराको विवाह रोकियो

तेल अभिव, २ असार । गाजामा हमास विरुद्धको हमला पछि इजरायलले इरानविरुद्ध पनि युद्धको मोर्चा खोलेको छ । पछिल्ला तीन...