Gyaan Ghar

Advertisement

इजरायल आक्रमणबाट थुप्रै बालबालिकाको मृत्यु

काठमाडौँ,कार्तिक ६ गते  । गाजाको स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा इजरायली हवाई आक्रमणबाट ११७ बालबालिकासहित २६६ प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ।  हवाई आक्रमणमा मारिएका अधिकांश गाजाको दक्षिणी भागमा रहेको जनाइएको छ ।
इजरायलले दैनिक बम विस्फोटहरू जारी राखेको छ जसले  सहरीकृत गाजाको ठुलो भागलाई ध्वस्त पारेको छ  । जबलिया शरणार्थी शिविर र गाजाको अल-शिफा र अल-कुड्स अस्पतालहरू नजिकै हवाई आक्रमण साथ, इजरायलले गाजा पट्टीमा रातभर बमवारिलाई तीव्र पारेको छ।
इजरायली सेनाले गाजा पट्टीमा इजरायली सेनाले गरेको आक्रमणको क्रममा प्यालेस्टिनी सशस्त्र समूह हमासले प्रहार गरेको एन्टि-ट्याङ्क मिसाइलले आफ्ना एक सैनिकको मृत्यु भएको जनाएको छ।
यसैबिच क्यानडा, फ्रान्स, जर्मनी, इटाली, युनाइटेड किंगडम र संयुक्त राज्य अमेरिकाका नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै इजरायललाई आफ्नो समर्थन दोहोराएका छन् र अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्न र नागरिकहरूको सुरक्षा गर्न देशलाई आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस

राजनीति

योग दिवस: काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने

योग दिवस: काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने

काठमाडौँ, १ माघ । काठमाडौँ महानगरपालिकाले आजदेखि राष्ट्रिय सभा गृह परिसरमा प्रवर्द्धनात्मक स्वास्थ्य सेवा सुरु गरेको छ...
तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरु

तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरु

काठमाडौँ, १ माघ । तराइ मधेस केन्द्रित दलहरूले मोर्चा गठन बारेमा प्रारम्भिक छलफल सुरु भएको छ ।   सङ्घी...
साउदीले मरुभूमिमा गरिरहेछ खेती, भारतको मरुभूमिमा फलाइयो आँप

साउदीले मरुभूमिमा गरिरहेछ खेती, भारतको मरुभूमिमा फलाइयो आँप

काठमाडौँ, १ माघ । मानिस र सरकारले प्रयास गरे मरुभूमिलाई हरियाली र बस्न योग्य बनाउन सकिने वैज्ञानिकहरूको विश्वास ...
वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलोमा फालिरा’छ ‘गुलाबी रङ्ग’

वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलोमा फालिरा’छ ‘गुलाबी रङ्ग’

काठमाडौँ, १ माघ । पछिल्लो एक सातादेखि अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोले ठुलो क्षति पुर्‍या...