Gyaan Ghar

Advertisement

बृहद नागरिक आन्दोलनद्वारा काठमाण्डौमा इजरायली दूतावास अगाडि प्रदर्शन

काठमाडौँ, कार्तिक ३ गते । बृहद नागरिक आन्दोलनद्वारा काठमाण्डौमा इजरायली दूतावास अगाडि प्रदर्शन गरिएको छ । गाजामा अस्पताल सहित सर्वत्र बम वर्षा गरेर नरसंहार तथा मानव अधिकारको गम्भीर उल्लङ्घन गरेकोमा भर्त्सना गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

पर्दशनकारीहरुले तत्काल युद्ध विराम गर्न र प्यालेस्टाइनी जनताको स्वाधीनताको ग्यारेन्टी र सम्मान गर्न माग गर्दै नेपाल सरकारसँग छिटो यसबारे प्रस्ट धारणा ल्याउन आग्रह गरेका छन् ।

बृहद नागरिक आन्दोलनले एउटा पर्चा जारी गर्दै भनेको छ, ‘इजरायल–प्यालेष्टाइन सङ्कट सम्यक् समाधानको पहलको सट्टा निहत्था प्यालेष्टाइनी नागरिकमाथि अत्याचार र संहार जारी राख्ने क्षेत्रीय र विश्व–शक्तिहरूको हामी कडा शब्दमा निन्दा गर्दछौँ ।’

नागरिकको आन्दोलनको प्रदर्शनमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेतृ हिसिला यमी, राजेन्द्र महर्जन समेत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

राजनीति

योग दिवस: काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने

योग दिवस: काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने

काठमाडौँ, १ माघ । काठमाडौँ महानगरपालिकाले आजदेखि राष्ट्रिय सभा गृह परिसरमा प्रवर्द्धनात्मक स्वास्थ्य सेवा सुरु गरेको छ...
तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरु

तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरु

काठमाडौँ, १ माघ । तराइ मधेस केन्द्रित दलहरूले मोर्चा गठन बारेमा प्रारम्भिक छलफल सुरु भएको छ ।   सङ्घी...
साउदीले मरुभूमिमा गरिरहेछ खेती, भारतको मरुभूमिमा फलाइयो आँप

साउदीले मरुभूमिमा गरिरहेछ खेती, भारतको मरुभूमिमा फलाइयो आँप

काठमाडौँ, १ माघ । मानिस र सरकारले प्रयास गरे मरुभूमिलाई हरियाली र बस्न योग्य बनाउन सकिने वैज्ञानिकहरूको विश्वास ...
वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलोमा फालिरा’छ ‘गुलाबी रङ्ग’

वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलोमा फालिरा’छ ‘गुलाबी रङ्ग’

काठमाडौँ, १ माघ । पछिल्लो एक सातादेखि अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोले ठुलो क्षति पुर्‍या...