Gyaan Ghar

Advertisement

कोसी काँग्रेसमा किचलो बढ्यो, शेखर समूहलाई कारबाही गर्न बैठक बोलाइयो

काठमाडौैं, २६ असोज । कोसी प्रदेशमा नेपाली काँग्रेस भित्र किचलो थप बढेको छ ।

कोसी सरकार निमार्णको सवालमा नेपाली काँग्रेसको एउटा समूहले विद्रोह गरे पछि आन्तरिक किचलो थप बढेको हो । जसका कारण एक अर्कालाई कारबाही गर्नेसम्मका कुरा सुरु भएका छन् ।

कोसी सरकारको भावी नेतृत्वका लागि शेखर कोइराला पक्षधरले नेकपा एमालेको समर्थनमा केदार कार्कीले मुख्यमन्त्रीमा दाबी गरे पछि काँग्रेसमा किचलो देखिएको हो । कार्की समूहले गरेको विद्रोहका बारेमा निर्णय लिनका लागि काँग्रेस संसदीय दलको बैठक आज बोलाइएको छ ।

बिहान ११ बजे देखी सुरु हुने उक्त बैठकले कार्की समूहलाई कारबाही गर्ने कि नगर्ने भन्नेमा निर्णय लिने जनाइएको छ । तर, कार्की समूहले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सांसदलाई पार्टीको ह्विप नलाग्ने भएकाले आफूहरूलाई कारबाही गर्न नसक्ने जनाउँदै आएका छन् ।

त्यसमाथि, ओली सरकार माथि परमादेश दिँदा नै ह्विप नलाग्ने विषयमा व्याख्या भएको तर्क गर्दै काँग्रेस संसदीय दलले कारबाही गर्न नसक्ने भएकाले आजै कार्कीले मुख्यमन्त्री नियुक्ति हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

राजनीति

गोप्य रूपमा किन गइरहेका छन् तेहराइनमा चिनियाँ विमान ?

गोप्य रूपमा किन गइरहेका छन् तेहराइनमा चिनियाँ विमान ?

तेहराइन, ७ असार इजरायल र इरानबिच युद्ध चलिरहेको छ ।   यसैबिच, केही भइरहेको छ, जसले सङ्केत गर्दछ कि सायद रुस...
सरकारले विश्व बैंकवाट २० अर्ब बढी सहयता लिने (मन्त्रिपरिषदकाे निर्णयहरू)

सरकारले विश्व बैंकवाट २० अर्ब बढी सहयता लिने (मन्त्रिपरिषदकाे निर्णयहरू)

  काठमाडौँ, ४ असार । सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणका लागि विश्व बैंकबाट २० अर्ब ७९ कर...
अन्धविश्वासको पराकाष्ठा: महिनावारीका सेतो वस्तु देखाउन नहुने

अन्धविश्वासको पराकाष्ठा: महिनावारीका सेतो वस्तु देखाउन नहुने

खड्क सुनार मुगु, ३ असार  । कर्णालीका मुगु सहित उपल्लो जिल्लाका महिलाहरू महिनावारी, छाउ भएको अवस्थामा महिलालाई द...
इरान हमला पछि नेतान्याहुको छोराको विवाह रोकियो

इरान हमला पछि नेतान्याहुको छोराको विवाह रोकियो

तेल अभिव, २ असार । गाजामा हमास विरुद्धको हमला पछि इजरायलले इरानविरुद्ध पनि युद्धको मोर्चा खोलेको छ । पछिल्ला तीन...