Gyaan Ghar

Home

Advertisement

मुटुको संवेदना !

*डा.कौशिला रिसाल

हामी प्रत्येकसँग मुटु हुन्छ
मुटु धड्कन हो,
विश्वास हो
कसैको भरोसा हो
मायाको आवास हो ।

मुटु विशेष हुन्छ
आफ्नाहरूको मुटु झन् विशेष हुन्छ
मुटुभित्र राखेर
जतनले हुर्काएका सन्तान झनै
विशेष हुन्छन् ।

 

यतिबेला

आशाको हरियो डालीमा

पलाएको
रहरको कोपिला
फक्रिन नपाउँदै
उडाइदिएको छ दशाको
आँधीले
पिरको नासो थमाएर
सन्तान सुतेदेखि चीर निद्रामा
बेस्सरी हल्लिएर आमाको
मुटुबाट
निस्किहेका छन्
चीत्कारको आर्तनाद स्वर ।

 

शून्यतामा बिलाएका छन्

आँखाबाट झरेका आँसुका
ढिका,
निदारबाट तप्प चुहिएर
बिलाएको
एक बुँद पसिनाजस्तै
खत्रक्कै खसेर हमासको
माटोमा
बिलाएपछि आफ्नो प्रतिबिम्ब
उतै छोडिएको छ सपनाको
सुन्दर घर
टुटेको छ जीवनको शृङ्खला
हिउँदे बतासको
एक झोक्का चिसो वेदनाले
मनाएको छ मृत्युको उत्सव
आमाको मुटुभित्र
कहिल्यै नरित्तिने गरेर
भरिएको छ पिरको भकारी ।

छियाछिया भएर
रगतले लतपतिएको
आफ्ना सन्तानको अनुहार
काटिएको हातका पञ्जा
टुक्राटुक्रा भएर भुइँमा खसेको
बीभत्स दृश्यले दिएको
दुःख र पीडाको नमेटिने घाउ
कुन आमाको मुटुले थेग्न सक्छ ?

मलाई यस्तो लाग्छ-
देश यदि देश हो भने
सरकार यदि सरकार हो भने
जनता यदि जनता हुन् भने
जिन्दगीका सपना
चुडिनेहरूका लागि
संवेदनाको गहिराइबाट
जिम्मेवार जबाफ देऊ
सरकार
श्रम सम्झौताको नाममा
कहिलेसम्म
बेचिरहनेछ्न्
नागरिकका
हुर्किँदै गरेका मुटुहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

फ्रान्सको कब्जामा रहेको न्यु क्यालेडोनिया टापुमा हिंसात्मक प्रदर्शन,   ५ जनाको मृत्यु

फ्रान्सको कब्जामा रहेको न्यु क्यालेडोनिया टापुमा हिंसात्मक प्रदर्शन,   ५ जनाको मृत्यु

काठमाडौँ । फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको न्यु क्यालेडोनिया टापुमा मतदानको नियमलाई लिएर...
आमा

आमा

रबी पौडेल धर्तीको न्यानो कपासचन्द्रमाको जस्तो मुहारसूर्यको जस्तो किरणबयान गरेर साध्य छैननाम हो ,धर्तीकी रानी आमा ! भो...
प्रतिनिधिसभाको बैठक आज पनि

प्रतिनिधिसभाको बैठक आज पनि

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ । बिहीबार भएको बैठक प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको अवरोधका क...
काँग्रेसले असंसदीय व्यवहार गर्‍यो- एमाले

काँग्रेसले असंसदीय व्यवहार गर्‍यो- एमाले

काठमाडौँ । नेकपा एमालेले प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद्मा असंसदीय व्यवहार गरेको आरोप लगाएको छ । एमालेका प्रमुख सचेत...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search