Gyaan Ghar

Advertisement

‘पाठेघरको मुखको क्यान्सर हुने सम्भावनालाई ९० प्रतिशतले कम गर्न सकिन्छ’ 

 

काठमाडौँ, आश्विन २० । विश्वका ११७ वटा देशले  पाठेघरको मुखको क्यान्सरबाट जोगाउन त्यस विरुद्धको खोपलाई राष्ट्रिय खोप कार्यक्रममा  सूचीबद्ध गरे पनि  नेपाल सरकारले यो कार्यक्रमलाई अहिले पनि ‘पाइलटिङ’ मै अल्झाएर राखेको छ ।  यसलाई अझ पनि  राष्ट्रिय खोप कार्यक्रममा  समेट्न नसक्दा  देशमा अहिले पनि प्रत्येक दिन ६ जना महिलाले पाठेघरकै मुखको क्यान्सरको कारण ज्यान गुमाउनु परिरहेको छ ।

आश्विन १९ गते होटेल हिमालयन, कुपण्डोलमा पिपुल्स एक्सेस टू एडिक्योट नेचुरल इन्फ्रास्ट्रक्चर्स (पानी)ले  सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर उन्मुलन गर्ने लक्ष्य र सार्वजनिक निजी साझेदारी मार्फत पाठेघरको मुखको क्यान्सर विरुद्धको खोपको पर्वद्धन विषयक कार्यशाला गोष्ठीमा  वरिष्ठ क्यान्सर रोग विशेषज्ञ  डा.अरुण शाहीले  ‘क्यान्सर लाग्नै नदिनु सबैभन्दा महत्त्वपूर्ण कुरा भएको’ बताउँदै – ‘क्यान्सर गराउने भाइरस विरुद्ध ९ देखि १५ वर्ष मुनिका बालबालिकाहरूलाई खोप  दिन सकियो भने भविष्यमा पाठेघरको मुखको क्यान्सर हुने सम्भावनालाई ९० प्रतिशतले कम गर्न सकिने’ बताए ।

वरिष्ठ स्त्री रोग विशेषज्ञ प्राडा शिला बर्माले ‘एचपीभी खोपलाई तत्काल राष्ट्रिय खोप कार्यक्रममा समाहित गरी देशव्यापी रूपमा सञ्चालन गर्नु पर्ने’ बताइन् ।

कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै नेपाल क्यान्सर सरभाईबरस सोसाइटी अध्यक्ष प्रमिता खनाललेले ‘क्यान्सर बिरामीलाई राज्यले दिएको १ लाख र थप पाँच हजार उपचारको लागि सहयोग सराहनीय भए पनि पर्याप्त नभएको’ ज्ञानघरलाई बताइन -‘ बिमाको नीतिहरूमा व्यापक परिवर्तन गर्नुपर्दछ ।’
उनले भनिन्  ‘एचपिभि भ्याक्सिनलाई प्रभावकारी बनाउन देशका सबै पालिकाहरूमा  जनचेतनालाई व्यापक बनाएर लानुपर्दछ ।’  भ्याक्सिनको साइड ईफेक्ट हुन्छ भनेर गरेर नकारात्मक प्रकारको त्रास रहेको भन्दै अध्यक्ष खनालले, ‘जनचेतना फैलाउन नेपाल क्यान्सर सरभाईबरस सोसाइटी एउटा  साझेदारको रूपमा हातेमालो गर्न तयार छ’ भनिन।

प्रतिक्रिया दिनुहोस

राजनीति

आगलागीको अफवाह पछि रेलबाट हाम फाल्दा मुम्बइमा मृत्युको हुनेकाे सङ्ख्या १३ पुग्यो

आगलागीको अफवाह पछि रेलबाट हाम फाल्दा मुम्बइमा मृत्युको हुनेकाे सङ्ख्या १३ पुग्यो

मुम्बई, १० माघ । महाराष्ट्रको जलगाउँमा एउटा अफवाहले १३ जनाको ज्यान लिएको छ ।   बुधवार साँझ उत्तर महाराष्ट्र...
रामदेवले बताए, दिनहुँ एक चम्चा घिउ खाँदा हुने ७ फाइदा

रामदेवले बताए, दिनहुँ एक चम्चा घिउ खाँदा हुने ७ फाइदा

काठमाडौँ - स्वस्थ रहन हामीले आफ्नो दिनको सुरुवात स्वस्थ्य ढङ्गले गर्नुपर्छ। बिहानको स्वस्थ बानीले हामीलाई स्वस्थ, ऊर...
इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी वामपन्थी नेतृ, बताइन जेलको कथा

इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी वामपन्थी नेतृ, बताइन जेलको कथा

गाजा, ९ माघ । इजरायली जेलबाट मुक्त हुनेमा एक प्यालेस्टाइनी वामपन्थी नेता पनि रहेकी छिन् । उनको नाम खालिदा जरार हो, ...
ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सीमामा सङ्कटकाल

ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सीमामा सङ्कटकाल

वासिंगटन डिसी, ८ माघ । डोनाल्ड ट्रम्पले सोमबार, जनवरी २० मा क्यापिटल हिलमा अमेरिकी संसद्को ४७ औँ राष्ट्रपतिको रूपमा ...