Gyaan Ghar

Advertisement

जब आमाले आफ्नै छोरा मारेर टाउको पकाएर खाइन्

 

कायरो, १८ असोज । इजिप्टको राजधानी कायरोमा एक निर्दयी आमाले आफ्नै ५ वर्षीय निर्दोष छोराले मारेर खाएकी छिन ।

सुरुमा उनले चक्कुले काटेर छोराको हत्या गरिन र त्यसपछि उनको टाउको काटेर खाइन् । जुन घटना समाचार अहिले बाहिरिए पछि विश्व स्तब्ध भएको छ ।

पाँच वर्षीय छोराको टाउको काट्ने ती आमाले आफ्नो छोरो सधैँभरि साथमा रहोस् भन्ने चाहना राखेको र त्यही भएर यस्तो गरेको बताएकी छिन । प्रहरीका अनुसार कायरोमा हाना मोहम्मद हसन नामकी २९ वर्षीय महिलाले खाना खानु अघि छोराको चक्कुले टाउको काटेर हत्या गरेकी हुन ।

प्रहरीका अनुसार आमाले चक्कुले छोराको टाउको काटेर पानीमा तताएर खाएकी थिइन् । उनले सुरुमा छोरालाई बाथरुममा लगेर छुरीले टाउकोमा तीन पटक हानिन, उनको टाउको जलाइन् । त्यसपछि छोराको शरीरका बाँकी भागलाई सानो सानो टुक्रामा काटिएको थियो। प्रमाण लुकाउन उनले यस्तो गरेकी थिइन ।

ती महिलाले आफ्नो बयानमा आफू छोरालाई सधैँ साथमा राख्न चाहेको भन्दै यस्तो कदम चालेको बताएकी छन् । उता श्रीमतीको मानसिक समस्याका कारण आफूले अलग हुनका लागि मुद्दा लडिरहेको अवस्थामा यो बीभत्स हत्या भएको उनका पूर्व पतीले अदालतमा बयान दिएका छन् ।

इजिप्टको एक अदालतले हसनलाई आपराधिक रूपमा पागल घोषित गरेको छ । उनको आपराधिक क्रियाकलाप पछि अदालतका न्यायाधीशहरूले ती महिलालाई कुनै पनि हालतमा निर्दोष मान्न सकिँदैन भनेर निर्णय गरेका छन् ।

गत ३० सेप्टेम्बरमा फैसला सुनाउँदै अदालतले दोषी हाना मोहम्मद हसनलाई मनोचिकित्सक इकाईमा राख्नुपर्ने बताएको थियो। आमाले बौलाहा अवस्थामा छोराको हत्या गरेको अदालतको ठहर छ । अदालतले प्रारम्भिक मनोचिकित्सक रिपोर्टबाट हसनलाई मानसिक रोग लागेको पत्ता लगाएको थियो,  यद्यपि सजाय भने कठोर दिइएको छ ।


प्रतिक्रिया दिनुहोस

राजनीति

योग दिवस: काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने

योग दिवस: काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने

काठमाडौँ, १ माघ । काठमाडौँ महानगरपालिकाले आजदेखि राष्ट्रिय सभा गृह परिसरमा प्रवर्द्धनात्मक स्वास्थ्य सेवा सुरु गरेको छ...
तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरु

तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरु

काठमाडौँ, १ माघ । तराइ मधेस केन्द्रित दलहरूले मोर्चा गठन बारेमा प्रारम्भिक छलफल सुरु भएको छ ।   सङ्घी...
साउदीले मरुभूमिमा गरिरहेछ खेती, भारतको मरुभूमिमा फलाइयो आँप

साउदीले मरुभूमिमा गरिरहेछ खेती, भारतको मरुभूमिमा फलाइयो आँप

काठमाडौँ, १ माघ । मानिस र सरकारले प्रयास गरे मरुभूमिलाई हरियाली र बस्न योग्य बनाउन सकिने वैज्ञानिकहरूको विश्वास ...
वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलोमा फालिरा’छ ‘गुलाबी रङ्ग’

वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलोमा फालिरा’छ ‘गुलाबी रङ्ग’

काठमाडौँ, १ माघ । पछिल्लो एक सातादेखि अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोले ठुलो क्षति पुर्‍या...