Gyaan Ghar

Advertisement

थाइल्याण्डकाे मलमा अन्धाधुन्ध गोली चलाउने १४ वर्षीय किशोर पक्राउ

बैंकक, १७ असोज । राजधानी सहरको मध्य भागमा रहेको लक्जरी सपिङ मलमा भएको गोली काण्डमा दुई जनाको मृत्यु भएको छ ।  सो हत्याकाण्डमा परी थप पाँच जना घाइते भएपछि एक १४ वर्षीय बालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गोली बारी सहरको सबैभन्दा प्रसिद्ध किनमेल केन्द्रहरू मध्ये एक सियाम प्यारागनमा भएको थियो। यसरी मारिनेहरू चीन र म्यानमारका नागरिक थिए, थाइल्यान्डका प्रहरी प्रमुखले भने।

पक्राउ परेका सन्दिग्ध जसको मनसाय अस्पष्ट देखिएको छ । सो गोली काण्ड पछि प्रहरी अधिकारीहरू समक्ष आत्मसमर्पण गरेका थिए, जतिखेर उनको हातमा एक ह्यान्डगन थियो, प्रहरीले भने।

सो घटनामा घाइते भएका अन्य पाँच जनामा एक लाओस्, एक चिनियाँ र तीन थाई नागरिक घाइते भएका थिए । मारिनेमा एक जना चिनियाँ र अर्को मलमा काम गर्ने बर्मेली रहेको राष्ट्रिय प्रहरी प्रमुख तोर्साक सुकभिमोलले पत्रकार सम्मेलनमा बताए ।

सिसिटिभी फुटेजमा सियाम प्यारागन मल भित्र पसलहरू बाहिर निस्कन दौडिरहेको देखिएको देखिएको छ, जब उनीहरूले धेरै गोली चलेको सुनेका थिए भने कोलाहल भागदाैड मच्चिएको थियो ।

स्थानीय समय अनुसार साँझ ५ः१० बजे पुलिस घटनास्थलमा आइपुग्दा र आक्रमणकारीलाई निःशस्त्र गर्न सक्षम हुँदा त्यति बेलासम्म धेरै मानिसहरूलाई चोट लागिसकेको थियो। बैंककको यस भिडभाड भागबाट एम्बुलेन्सहरू निकाल्न पनि एक घण्टा भन्दा बढी समय लागेको थियो, ट्राफिक छिचोल्दै पीडितहरूलाई अस्पताल पुर्‍याएको थियो ।

आरोपित किशोरलाई पाथुमवन प्रहरी चौकीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उ...
प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र ...
लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्‍यो। उहाँक...
पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतङ्ककारीहरूले नियन्त्रणमा लिएका छ...