Gyaan Ghar

Advertisement

एसियाडमा नेपालको पदक लगभग निश्चित

काठमाडौँ । चीनमा जारी १९औँ एसियाडमा नेपाल, कमसेकम एउटा पदकको नजिक पुगेको छ । एसियन गेम्समा महिला कबड्डी प्रतिस्पर्धामा नेपालबाट त्यो पदकको आशा गरिएको छ ।

समूह चरणको खेलमा सोमबार बङ्गलादेशलाई हराउँदै नेपालले एसियन गेम्समा कम्तीमा कांस्य पदकको नजिक देखिएको हो ।

सोमबार नेपालको महिला कबड्डी टिमले बङ्गलादेशलाई ३७–२४ अङ्कले पराजित गरेको हो । 

बङ्गलादेशले समूह चरणको अन्तिम खेलमा इरानसँग खेल्नेछ । स्वर्णको बलियो प्रत्याशी इरानसँग बङ्गलादेशले जित निकाल्न निकै कठिन देखिन्छ । त्यस कारण पनि नेपालले पदक जित्ने निश्चित जस्तै छ ।

नेपाल समूह चरणको पहिलो खेलमा इरानसँग हारेको थियो ।

एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले क्वार्टर फाइनलमा भारतसँग खेल्ने भएको छ । सो खेल नेपाली समय अनुसार  बिहान ६.४५बाट हुनेछ । भोली नै अर्को क्वाटर फाइल खेल बिहान ११.४५ मा पाकिस्तान र हङकङबिच हुने छ । श्रीलङ्का र अफगानिस्तान तथा बङ्गलादेश र मलेसियाबिचको क्वाटर फाइनल खेल आश्विन १७ गते हुनेछ ।

आज सोमबार भएको ड्र अनुसार नेपालले क्वार्टर फाइनलमा भारतलाई प्रतिद्वन्द्वी पाएको हो ।

प्रतिक्रिया दिनुहोस

राजनीति

रामदेवले बताए, दिनहुँ एक चम्चा घिउ खाँदा हुने ७ फाइदा

रामदेवले बताए, दिनहुँ एक चम्चा घिउ खाँदा हुने ७ फाइदा

काठमाडौँ - स्वस्थ रहन हामीले आफ्नो दिनको सुरुवात स्वस्थ्य ढङ्गले गर्नुपर्छ। बिहानको स्वस्थ बानीले हामीलाई स्वस्थ, ऊर...
इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी वामपन्थी नेतृ, बताइन जेलको कथा

इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी वामपन्थी नेतृ, बताइन जेलको कथा

गाजा, ९ माघ । इजरायली जेलबाट मुक्त हुनेमा एक प्यालेस्टाइनी वामपन्थी नेता पनि रहेकी छिन् । उनको नाम खालिदा जरार हो, ...
ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सीमामा सङ्कटकाल

ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सीमामा सङ्कटकाल

वासिंगटन डिसी, ८ माघ । डोनाल्ड ट्रम्पले सोमबार, जनवरी २० मा क्यापिटल हिलमा अमेरिकी संसद्को ४७ औँ राष्ट्रपतिको रूपमा ...
ब्रह्माण्डमा भेटियो ७० करोड सूर्य निल्न सक्ने ब्ल्याक होल

ब्रह्माण्डमा भेटियो ७० करोड सूर्य निल्न सक्ने ब्ल्याक होल

काठमाडौँ, ८ माघ । खगोलविद्हरूले अहिलेसम्म पत्ता लगाएको सबैभन्दा टाढाको ब्ल्याजर पत्ता लगाएका छन्, ७० करोड सूर्...