मणिपुरमा फेरि जातीय हिंसाको आतङ्कको स्थिति सिर्जना भएको छ । मणिपुर हिंसाको लामो समयपछि इन्टरनेट सुचारु भएको ३ दिनपछि २ जना विद्यार्थीहरूको हत्याको भिडियो भाइरल भयो । यी दुवै विद्यार्थीहरू ८२ दिनदेखि लापत्ता भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । यसरी हत्या भएका विद्यार्थीहरूमा एक जना १७ वर्षीय युवती र अर्को २० वर्षीय युवक भएको जानकारी हुन आएको छ ।
स्मरण रहोस् केही समय पहिले दुई महिलालाई निर्वस्त्र गाऊ घुमाएको भिडियो भाइरल भएपछि मणिपुरमा ठुला जातीय हिंसा भड्किएको थियो । फेरि यो भयातक भिडियो भाइरल भएपछि त्यहाँ आतङ्कको स्थिति सिर्जना भएको छ । यद्यपि सीबीआईले विद्यार्थीहरूको हत्याको आरोपमा चार जनालाई पक्राऊ गरेको छ । अहिलेसम्म मणिपुर हिंसाबाट ६५ हजार मानिसले आफ्नो घर छोड्नु परेको अवस्था छ ।