Gyaan Ghar

Advertisement

पढ्न मन लाग्दैन, के गर्ने ? 

पढ्न बस्यो । तर पढ्नै मन लाग्दैन । त्यस्तो किन हुन्छ होला ? मनलाई नियन्त्रण गर्न नसक्दा पढ्ने कुरा गाह्रो भइरहेको हुन्छ । यो समस्याको समाधानको उपाय के हो त ? त्यस्ता केही टिप्सहरू बारे चर्चा गरौँ ।  

 १) पढाइमा अवरोध गर्ने मोबाइलजस्ता चिजहरूलाई आफूभन्दा टाढा राख्ने । 

२) आफू बस्ने कोठामा सामानहरू जथाभाबी फालिएको हुनुहुँदैन । पढ्ने कोठा शान्त होस् । 

३) ओछ्यानमा बसेर पढ्दा अल्छी लाग्छ । त्यसैले त्योभन्दा टाढा बसेर पढौँ । 

४) आफूले पढ्ने विषयको समय सारणी बनाऔं । 

५) एउटा समयमा एउटा विषय मात्र पढ्ने । 

६) पढ्ने समयमा पढाइमा मात्र केन्द्रित हुने । अरू विषयमा ध्यान नदिने । 

७) पढाइको लागि बिहानको समय बढी भन्दा बढी प्रयोग गर्ने । बिहानको समयमा स्मरण क्षमता साँझ तथा रातीभन्दा कैयौँ गुणा बढी हुन्छ । 

८) पढाइको बिचमा ब्रेक लिइरहने । 

९) अध्ययनमा केन्द्रित हुँदा मानसिक ऊर्जा नष्ट भइरहेको हुन्छ । त्यस कारण सन्तुलित खानेकुरामा ध्यान दिने । पानी प्रशस्त पिउने । 

१०) योग, ध्यान तथा अन्य शारीरिक अभ्यासको लागि पनि केही समय छुट्ट्याउने । 

प्रतिक्रिया दिनुहोस

राजनीति

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उ...
प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र ...
लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्‍यो। उहाँक...
पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतङ्ककारीहरूले नियन्त्रणमा लिएका छ...