health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौं । एसिया कपमा नेपाल विश्व क्रिकेटको महारथी भारतविरुद्ध शानदार प्रदर्शन गरेको छ । भारतसँग हार भए पनि नेपाली टोलीले राम्रो प्रदर्शन गरेको भन्दै प्रशंसा पाएको छ । श्रीलंकाको पल्लेकेले स्टेडियममा भएको खेलका क्रममा नेपाली ब्याटरहरुले भारतविरुद्ध गरेको प्रदर्शन सम्झनलायक रह्यो।
भारतसँग डिएलएस मेथडमा १० विकेटको अन्तरले पराजित भएसँगै नेपाल एसिया कपको समूह चरणबाटै बाहिरिएको छ।
एसिया कपमा समूह ए बाट पाकिस्तान र भारत सुपर फोरमा पुगेका छन्।
नेपालले क्रिकेट इतिहासमा पहिलो पटक ओडिआइ वरियताका शीर्ष तथा विश्व क्रिकेटका शक्तीशाली टोली भारत र पाकिस्तानसँग खेल्ने मौका पाएको हो।
पहिलो खेलमा पाकिस्तानसँग १०४ रनमा अलआउट भएको नेपालले भारतसँगको खेलमा प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेको थियो।
भारतसँग हार भएपनि आशिफ शेख र सोमपाल कामीको शानदार प्रदर्शनको तारिफ भइरहेको छ।
मध्यराति खेल सकिएपछि नेपाली प्रशिक्षक मोन्टी देसाईले खेलाडीहरुलाई भारतीय ड्रेसिङ रुममा लगे। जहाँ कप्तान रोहित शर्मा, विराट कोहली र प्रशिक्षक राहुल द्रविडहरु उपस्थित थिए।
त्यसक्रममा भारतीय खेलाडीहरुले नेपाली खेलाडीहरुलाई मेडल लगाइदिए।
खासगरी कुनै पनि खेल जित्ने टिमका खेलाडीहरुलाई मेडल लगाइदिने चलन छ। भारतीय नागरिकसमेत रहेका नेपाली प्रशिक्षक देसाईले त्यहाँ फरक अभ्यास गरे।
भारतीय ड्रेसिङ रुममा प्रशिक्षक द्रविड, खेलाडीहरु विराट कोहली र हार्दिक पान्ड्यासहितले नेपाली खेलाडीलाई मेडल लगाइदिएका छन्।